Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ’केपी वान’ र ’केपी टु’ फेला

नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ’केपी वान’ र ’केपी टु’ फेला

  • शुक्रवार, जेठ ११ २०८१

  • 886
    SHARES

  • नेपालमा कोरोनाको नयाँ भेरिएन्ट ’केपी वान’ र ’केपी टु’ फेला

    काठमाडौं। नेपालमा कोभिड १९ को नयाँ भेरियन्ट फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको परिक्षणमा नयाँ सब–भेरिएन्ट“केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको हो।

    प्रयोगशालाका अनुसार पछिल्लो समय सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको कोभिड–१९ को ओमिक्रोन भेरिएन्टको नयाँ सब–भेरिएन्ट नेपालमा पनि पुष्टि भएको हो। प्रयोगशालाले हालै गरिएको ४२ कोभिड पोजेटिभ केसको जिनोम सिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको जनाएको छ।

    जसअनुसार ओमिक्रोन (जेएन.१) २ नमुनामा, ओमिक्रोन (बीए.२), १२ नमुनामा, ओमिक्रोन (केपी.१) १७ नमुनामा, ओमिक्रोन (केपी.२) एक नमुनामा र ओमिक्रोन (केपी.३) (केपी.४) क्रमशः १ नमुनामा भेटिएको हो ।

    छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको थियो। तर, हाल विश्वमा महामारीको रूपमा देखिन थालेको नयाँ भेरिएन्ट “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको छ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन अन्य भेरियन्टभन्दा केपी.२ छिटो फैलिएको पाइएको बताउनु भयो।


    शुक्रवार, जेठ ११ २०८१०३:३२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij