इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्लीले दुबईमा मुम्बईसँग खेल्नेछ । दिल्ली र मुम्बईबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली आठौं जितको खोजीमा हुनेछ । १२ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली तेस्रो स्थानमा रहेको छ । श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली मुम्बईलाई हराएर प्ले अफमा पुग्न चाहन्छ ।
प्ल अफ पुग्न दिल्लीलाई मात्र एक जितको खाचो रहेको छ । यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई यस अघिको १२ खेलमा बेञ्चमा राखेको थियो ।
दिल्ली अघिल्लो भेटमा ब्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा दिल्लीलाई मुम्बईले ५ विकेटले हराएको थियो । मुम्बई भने यस अघि नै प्ले अफ पुगिसकेको छ । शीर्ष स्थानको मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ ।
आज नै हुने अर्को खेलमा रोयल च्यालेन्र्जस बैंगलोर र हैदराबाद भिड्ने छन् । यी दुइ टोली बीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजेबाट हुनेछ ।