Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पहिलो एकदिवसीयमा पाकिस्तान विजयी

पहिलो एकदिवसीयमा पाकिस्तान विजयी

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.3K
    SHARES

  • पहिलो एकदिवसीयमा पाकिस्तान विजयी

    एजेन्सी । घरेलु टिम पाकिस्तानले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा जिम्बावेलाई पराजित गरेको छ।रावलपिन्डीमा शुक्रबार पाकिस्तानले भ्रमणकारी टिम जिम्बावेलाई २६ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावे ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ५५ रनमा समेटियो ।

     

    जिम्बावेका ब्रेन्डन टेलरले १ सय १२ रनको शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।यस्तै वेस्ली मेधेभेरले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दा क्रेइग इर्भिनेले ४२ रन बनाए । पाकिस्तानका शहिन शाह अफ्रिदी एक्लैले ५ विकेट लिए। वाहब रियाजले ४ तथा इमाद वासिमले १ विकेट लिए ।

    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो ।पाकिस्तानका लागि हरिस सोहिलले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । खेल्दा इमाम उल हकए ५८ रनको अर्धशतकीय इनिङ्स खेले । इमाद वासिम ३४ रनमा अविजित रहदा फाहिम आश्रफले २३ रन बनाए । अबिद अलीले २१ रन बनाउदा कप्तान बाबर आजमले १९ रन बनाए ।

    जिम्बावेका टेण्डी चिसिरो र ब्लिसीङ मुजाराबानीले २/२ विकेट लिए । कार्ल मुम्बा र सिकन्दर राजाले १/१ विकेट लिए। जितसँगै पाकिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ । एकदिवसीय सिरिज पछि पाकिस्तानले जिम्बावेसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।


    शनिवार, कार्तिक १५ २०७७१२:३४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij