Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आगामी मंगलबार दिउँसो १ बजे बजेट भाषण हुने

आगामी मंगलबार दिउँसो १ बजे बजेट भाषण हुने

  • आइतवार, जेठ १३ २०८१

  • 691
    SHARES

  • आगामी मंगलबार दिउँसो १ बजे बजेट भाषण हुने

    काठमाडौं। आगामी आर्थिक वर्षको बजेट आउँदो जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ। आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा बजेट घोषणा हुने जानकारी दिनुभएको हो।

    सभामुख घिमिरेले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने भएकोले प्रतिनिधिसभा सदस्यहरुलाई १२ः४५ बजेभन्दा अगाडि नै संसदमा उपस्थित भइसक्न आग्रह गर्नुभयो।

    संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुहुनेछ।

    अघिल्ला वर्षहरुमा अपरान्हतिर मात्र संसदमा बजेट प्रस्तुत गर्ने प्रचलन थियो। यसवर्ष भने विगतमा भन्दा चाँडै संसदको बैठक बोलाएर बजेट प्रस्तुत गर्न लागिएको हो।


    आइतवार, जेठ १३ २०८१०२:४५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij