Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कास्कीमा दर्ता भएको जाहेरीमा रवि लामिछानेको नाम पहिलो नम्बरमा

कास्कीमा दर्ता भएको जाहेरीमा रवि लामिछानेको नाम पहिलो नम्बरमा

  • सोमवार, जेठ २१ २०८१

  • 2.1K
    SHARES

  • कास्कीमा दर्ता भएको जाहेरीमा रवि लामिछानेको नाम पहिलो नम्बरमा

    काठमाडौं । सर्वोच्च अदालतले आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको एक मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी मगाउने आदेश गरेको थियो । सर्वोच्चले झिकाएको उक्त जाहेरीमा पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख गरिएको छ।

    जाहेरीमा पहिलो नम्बरमा लालचन्द्र लामिछानेका छोरा रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक) भनी सरकारी ऐन र ठगीमा मुद्दा दायर हुनुपर्ने भनी उल्लेख गरिएको छ ।

    पीडितहरूको जाहेरीको दोस्रो नम्बरमा ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला, नन्दकिसोर पुनका छोरा दीपेश पुन र पाँचौँ नम्बरमा गोर्खा मिडिया प्रालिको नाम उल्लेख गरिएको छ। उनीहरुले २०८० माघ २२ गते उक्त जाहेरी दर्ता गरेका थिए । उक्त जाहेरीपछि चौथो नम्बरमा रहेका दीपेश पुनसहितलाई मुद्दा दायर गरियो भने पहिलो नम्बरमै नाम उल्लेख भएका गृहमन्त्री लामिछानेलाई उन्मुक्ति दिइएको थियो ।

    यसरी सहकारीको रकम विभिन्न १८ वटा कम्पनीमा गैर कानुनी रूपमा स्थानान्तरण गरिएको दाबी जाहेरीमा गरिएको छ । नेचर हर्बल, नेचर नेष्ट प्रालि, जीवी ग्रुप अफ कम्पनी, गोर्खा आयुर्वेद लगायतका कम्पनीमा स्थानान्तरण गरिएको दाबी गरिएको छ। यी सबै कम्पनी जीवी राई र उनी निकट मानिसहरूको नाममा थियो ।

    1.jpg

     

     

    2.jpg

    3.jpg

     


    सोमवार, जेठ २१ २०८१०४:५८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij