Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नयाँ आएका दल र स्वतन्त्र उम्मेदवारहरू स्थापित दलका लागि चुनौती बन्दै, मेयर बालेनको ओली लक्षित प्रहार, जेलयात्रा सम्मको अभिव्यक्ति (खास खबर)

नयाँ आएका दल र स्वतन्त्र उम्मेदवारहरू स्थापित दलका लागि चुनौती बन्दै, मेयर बालेनको ओली लक्षित प्रहार, जेलयात्रा सम्मको अभिव्यक्ति (खास खबर)

  • सोमवार, जेठ २१ २०८१

  • 1.5K
    SHARES

  • नयाँ आएका दल र स्वतन्त्र उम्मेदवारहरू स्थापित दलका लागि चुनौती बन्दै, मेयर बालेनको ओली लक्षित प्रहार, जेलयात्रा सम्मको अभिव्यक्ति (खास खबर)
    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेपालको राजनीतिमा स्थापित दलहरूका निम्ति टाउको दुखाइको पात्र बन्दै गएका छन् । उनको शैलीलाई लिएर राजनीतिक वृत्तमा विभिन्न दलका शीर्ष नेताहरू समेत सोच्न बाध्य हुने गरेका छन् । पछिल्लो समय सिंहदरबारमा आगो लगाइदिने लगायतका अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त गरेका बालेनलाई प्रचण्डले कारबाहीको सिफारिस गरेपनि कांग्रेस सभापति शेरबहादुर देउवाले रोकेको विषय निकै चर्चित बनेको थियो । अहिले पुनः बालेन र एमाले अध्यक्ष केपी शर्मा ओली आमनेसामने बनेका छन् । बालेनले नेकपा एमालेका अध्यक्ष ओलीको कडा शब्दमा आलोचना गर्नुभएको छ । गिरीबन्धुको टी–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै बालेनले पीडितको बैना फिर्ता गर्न भन्नुभएको छ । बालेनको पछिल्लो सक्रियतामा नागरिकहरू विभाजित भएका छन् । कतिले प्रशंसा गरेका छन् भने कतिपयले तानाशाही शैलीमा राज बन्न लागेको आरोप लगाएका छन् । 
     
    गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारमा ओलीको संलग्नता नहोला भन्न नसकिने बालेनको आशय छ । १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउन समेत बालेनको सुझाव रहेको छ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटालामा ओलीको सहभागिताको इतिहास हेर्दा त्यहाँ ओलीले नभनी पात पनि हल्लन्छ भन्ने आफूलाई नलागेको बालेनको तर्क छ । प्राध्यापक एवं अधिवक्ता भेषराज घिमिरेले बालेनको काम राम्रो भएपनि ढंग नपुगेको बताउनुभयो । यता, राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले नगरलाई हरित गृह बनाउने विश्वका धेरै उदाहरण भएकोले यो पक्रिया स्वाभाविक रहेको तर्क गर्नुभयो । 
     
    न्युरोडको फुटपाथ क्षेत्र बढाउन काठमाडौं महानगरपालिकाले गरेको प्रयासमा सरकारले गरेको असहयोगप्रति बालेन रुष्ट छन् । महानगरपालिकाले सडकको पिच भत्काइसकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको डिभिजन सडक कार्यालयले पिच गरेको छ । बालेनले न्युरोडको साटो काठमाडौंको रिङरोड र बुटवल–चितवन खण्डको सडक बनाउन शक्ति लगाउन पनि ओलीलाई सुझाव दिनुभएको छ । 
     


    सोमवार, जेठ २१ २०८१०८:०१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij