Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय अनुसन्धान विभागका उप-निर्देशकको प्रमाणपत्र नक्कली, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

राष्ट्रिय अनुसन्धान विभागका उप-निर्देशकको प्रमाणपत्र नक्कली, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

  • आइतवार, जेठ २७ २०८१

  • 823
    SHARES

  • राष्ट्रिय अनुसन्धान विभागका उप-निर्देशकको प्रमाणपत्र नक्कली, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
    काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
     
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
     
    राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।
     
    उनले सेवा प्रवेशका साथै बढुवाको लागिसमेत नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको अख्तियारको भनाइ छ ।
     
    अख्तियारले नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा चौधरीलाई कैद र जरिवाना सजायको माग गरेको छ ।


    आइतवार, जेठ २७ २०८१०३:३४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij