Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

किन हुन सकेन कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन ?

किन हुन सकेन कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन ?

  • आइतवार, कार्तिक १६ २०७७

  • 988
    SHARES

  • किन हुन सकेन कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन ?

    काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए ।

    तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकिएको जनाईएको छ ।

    आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन शनिबार साँझ नै आग्रह गरेका थिए ।

    तर, प्रधानमन्त्री ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने, बरु हटाए हट्ने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकिएको हो ।

    यता, सामाजिक विकास मन्त्री रावलले आफूलाई मुख्यमन्त्री शाहीले राजीनामा मागेपछि सामाजिक सञ्जालमार्फत् जानकारी दिएको बताउनुभएको छ । मन्त्री रावलले आफू मन्त्रालयबाट बाहिरिन लागेको संकेत आज दिनुभएको थियो ।


    आइतवार, कार्तिक १६ २०७७०३:२९:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij