काठमाडौं । नेपाल र श्रीलंका बीचको खेल वर्षाका कारण रद्द भएको छ। आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंका बीच आज बिहान खेल हुने तयारी थियो।
तर, लगातार पानी परेपछि खेल रद्द गरिएको हो। आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण खेल रद्द भएको छ।
अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रगंशालामा खेल हुने तयारी थियो। तर, लगातार पानी परेपछि टससमेत नभइ खेल रद्द भएको हो। खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्।
अंक बाँडेसँगै नेपालले २ खेलबाट १ अंक जोड्दै चौथो स्थानमा छ। तीन खेलबाट एक अंक बनाएको श्री लंका अंक तािलकाको पुछारमा छ।
नेपाल पहिलो खेल नेदरल्यान्डस्सँग ६ विकेटले पराजित भएको थियो।