Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आरम्भ चौतारी लघुवित्तद्धारा एकिकृत कारोबार शुरु, अरु बैंकसँग पनि मर्ज गर्ने लक्ष्य

आरम्भ चौतारी लघुवित्तद्धारा एकिकृत कारोबार शुरु, अरु बैंकसँग पनि मर्ज गर्ने लक्ष्य

  • मंगलवार, आषाढ २३ २०७७

  • 752
    SHARES

  • आरम्भ चौतारी लघुवित्तद्धारा एकिकृत कारोबार शुरु, अरु बैंकसँग पनि मर्ज गर्ने लक्ष्य

    काठमाडौँ । चौतारी र आरम्भ लघुवित्त वित्तिय संस्थाले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनी एक एकको अनुपातमा मर्ज भएपछि सोमबार बनेपामा आयोजित एक कार्यक्रमको बीच एकीकृत कारोबारको सुरुवात गरेका हुन ।

    दुवै संस्थालाई एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जर पश्चात संस्थाको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था भएको छ भने केन्द्रीय कार्यालय बनेपा नगरपालिकामा राखिएको छ ।

    यसअघि चौतारीको रुपन्देहीको बुटवलमा र आरम्भको काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको थियो । मर्जपश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ६० लाख रुपैयाँ पुगेको छ भने शाखा संख्या पनि ७६ र कार्यक्षेत्र ३१ जिल्ला पुगेको छ ।

    दुवै कम्पनीको पुस ९ गते सम्पन्न सभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।मर्जरपछिको संस्थाको अध्यक्ष जगत पोखरेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे बन्नु भएको छ ।
    अध्यक्ष पोखरेलले अन्य लघुवित्त संस्थाहरुसँग पनि मर्जर प्रक्रिया अगाडी बढाएर देशकै सवैभन्दा ठूलो र प्रभावकारी संस्था बनाउने लक्ष्य रहेको बताउनुभयो ।

    लघुवित्त संघ नेपालका अध्यक्ष समेत रहनु भएका पोखरेलले देशभरका सवै लघुवित्तहरुलाई बलियो बनाउदै ग्रामिण क्षेत्रका माहिला र कृषि उद्यमीहरुको जीवनमा परिवर्तन ल्याउने अभियानको भएकाले यस क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

    एकिकृत कारोबार शुभारम्भ कार्यक्रमम नेपाल राष्ट्र बैंकका लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले बाणिज्य बैंकहरुको श्रोत र साधनलाई लघुवित्त संस्थाहरुको सञ्जाल मार्फत् परिचालन गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

    मर्ज हुनु अघिको आरम्भ लघुवित्तका अध्यक्ष दिपक तिवारीले अरु धेरै संस्थाहरुको मर्जर प्रक्रियामा धेरै आशंका र असन्तुष्टि हुने गरेपनि चौतारीका अध्यक्ष पोखरेलको निरन्तर सवैसँग अन्तरक्रिया गर्ने बाँकीले धेरै सजिलो भएको बताउनुभयो । उहाँले एकिकृत गर्दा कुनै असन्तुष्टि र आशंका नभएकाले भविश्यमा पनि यस सम्वन्धी कुनै समस्या नआउने विश्वास व्यक्त गर्दै बाध्यता भन्दा हार्दिकताले एकिकृत भएको जानकारी दिनुभयो ।

    कार्यक्रममा चौतारिकका संस्थापक जीवन भण्डारी, आरम्भका संस्थापक धु्रब पाण्डे, लघुवित्त विज्ञ सृजना काफ्ले, संस्थाका सेवाग्रही, कर्मचारीलगायतले पनि संस्था एकिकृत भएपछिको खुशीलाई संकल्पमा बदल्नु पर्नेमा जोड दिनुभएको थियो ।

     


    मंगलवार, आषाढ २३ २०७७०९:१०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij