Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसदमै च्याते लिङ्देनले बजेट पुस्तिका

संसदमै च्याते लिङ्देनले बजेट पुस्तिका

  • मंगलवार, आषाढ ४ २०८१

  • 1.3K
    SHARES

  • संसदमै च्याते लिङ्देनले बजेट पुस्तिका

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोष्टममै बजेट पुस्तिका च्यात्नुभएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यात्नुभएको हो ।

    उहाँले भन्नुभयो, ‘म आफैँले आफैँलाई हेर्दा कम आक्रोश हुने कम रिसाउने मान्छे हुँ, रिसपनि उठ्छ, कहिलेकाहिँ रिसपनि पोखिन्छ । एक छिन रिसाउने र पछि मन बुझाउने मान्छेको रूपमा आफूलाई ठान्छु तर जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा पर्‍यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (पुस्तिका च्यात्दै) यसरी हुर्‍याउने मन छ तर यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने हो त्यहाँ नहुर्‍याएर यहाँ राख्छु । यो मेरो मात्र मनको कुरा हैन, अहिले त्यस्तो केही नाप्ने चिज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भएपनि ४ वटा निर्वाचन क्षेत्र बाहेकको सबै प्रतिनिधि सभा सदस्यको मनको कुरा हो यो ।’

    सांसद लिङ्देनले सामान्य लाज घिन पनि नमानेर राज्य संयन्त्रमाथिको मनपरी कति दिन मानिसहरूले सहेर बस्ने हो भन्दै प्रश्न गर्नुभयो । बजेट पुस्तिकामा जिल्लाको नाम राख्दा धेरै देखिन्छ भनेर जिल्लाको नाम नै नराखीपनि बजेट व्यवस्था गरिएको बताउनुभयो । लिङ्देनले यसो भनिरहँदा कांग्रेस सांसदहरुले समेत टेबल ठोकेर समर्थन गरेका छन् ।


    मंगलवार, आषाढ ४ २०८१०२:०८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij