काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण रद्द गर्न नेपालका प्रगतिशील लेखकले माग गरेका छन् ।
प्रगतिशील लेखनका क्षेत्रमा सक्रिय ९३ जना लेखक तथा साहित्यकारले आज एक विज्ञप्ति जारी गर्दै नरवणेको आसन्न नेपाल भ्रमण रद्द गर्न माग गरेका हुन् ।
नेपालीलाई होच्याउने र अपमानित गर्ने भारतीय सेनाध्यक्षको नेपाल भ्रमण रद्द गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘नेपाललाई होच्याएर दुर्वचन बोल्ने भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नेपालमा निम्ता गरेर राष्ट्रपतिबाट मानार्थ महारथीको सम्मान दिने तयारी आपत्तिजनक छ’ विज्ञप्तिमा भनिएको छ ।