Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

खुलामञ्चमा निशुल्क खाना खुवाउनेलाई महानगरपालिकाले भन्यो, ‘फोहोर भयो, खाना खुवाउन बन्द गर’

खुलामञ्चमा निशुल्क खाना खुवाउनेलाई महानगरपालिकाले भन्यो, ‘फोहोर भयो, खाना खुवाउन बन्द गर’

  • सोमवार, कार्तिक १७ २०७७

  • 1.6K
    SHARES

  • खुलामञ्चमा निशुल्क खाना खुवाउनेलाई महानगरपालिकाले भन्यो, ‘फोहोर भयो, खाना खुवाउन बन्द गर’

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस महामारीका कारण समस्यामा परेका श्रमिक र असहायलाई खुलामञ्चमा खाना दिने समूहमाथि रोक लगाउन निर्देशन दिएको छ ।

    ‘हन्ड्रेड्स ग्रुप्स’ले कोरोनाका कारण समस्यामा परेकाहरूलाई दैनिक निशुल्क खाना खुवाउँदै आएको छ । जसको नेत्तृत्व नेतृत्व अन्शु यादवले गरिहनुभएको छ ।

    विगत दुई सय २० दिनदेखि निःशुल्क खाना वितरण अभियान सञ्चालन गरिरहेका यादवलाई महानगरपालिकाका एक कर्मचारीले दिउँसो फोन गरेर आजदेखि खाना नबाँड्न भनेका हुन् ।

    आज वितरण गर्ने खाना पाकिसकेको र फ्याँक्न नमिल्ने भएकोले वितरण गर्न दिन अनुरोध गर्दा सिडियो कार्यलयबाट निर्देशन आएकोले बन्द गर्नुपर्ने बताएको यादवले जानकारी दिए ।

    महानगरपालिकाको यो कदमको अहिले सामाजिक सञ्जालहरुमा तीब्र विरोध भइरहेको छ ।

     


    सोमवार, कार्तिक १७ २०७७०४:५७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij