Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

भारत विश्वकपको सेमिफाइनलमा प्रवेश

भारत विश्वकपको सेमिफाइनलमा प्रवेश

  • मंगलवार, आषाढ ११ २०८१

  • 712
    SHARES

  • भारत विश्वकपको सेमिफाइनलमा प्रवेश

    काठमाडौं । भारत आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको ‘सुपर ८’काे खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको हो । भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८१ रन बनायो ।

    उसका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए पनि टाेलीलाई जित दिलाउन सकेनन्  । ४३ बलको सामना गरेका उनले ९ चौका र ४ छक्का प्रहार गरे । उनलाई भारतका जसप्रीत बुमराहले रोहित शर्माको हातबाट क्याच आउट गराएका थिए ।

    त्यस्तै कप्तान मिचेल मार्श २८ बलमा ३७ रन बनाएर आउट भए । आउट हुनुअघि उनले तीन चौका र दुई छक्का प्रहार गरेका थिए । उनलाई भारतका कुलदीप यादवले अक्षर पटेलबाट क्याच आउट गराए ।

    खेलको पहिलो ओभरमा नै अस्ट्रेलियाका डेभिड वार्नर आउट भएका थिए । वार्नरले ६ बलमा एक चौकासहित ६ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ तथा मार्कस स्टोइनिसले २ रनको योगदान दिए ।

    भारतका लागि अर्शदीप सिंहले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३७ रन खर्चिए । त्यस्तै कुलदीप यादवले दुई विकेट लिदा जसप्रीत बुमराह र अक्षर पटेलेको नाममा एकएक विकेट रह्यो ।

     


    मंगलवार, आषाढ ११ २०८१०७:४२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij