Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपिएल : दिल्ली क्वालिफायरमा, बैंगलोर प्ले अफमा

आईपिएल : दिल्ली क्वालिफायरमा, बैंगलोर प्ले अफमा

  • मंगलवार, कार्तिक १८ २०७७

  • 841
    SHARES

  • आईपिएल : दिल्ली क्वालिफायरमा,  बैंगलोर प्ले अफमा

    एजेन्सी। दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको विजय हात पारी इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको क्वालिफायर–१ मा स्थान सुरक्षित गरेको छ ।

    लगातार चार खेलको हार यात्रालाई टुंग्याउदै दिल्ली निर्णायक खेलमा जित पाउँदै फाइनल नजिक पुगेको हो ।आबुधाबीमा सोमबार राति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो ।

    शेख जायद स्टेडियममा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाए ।

    यस्तै कप्तान श्रेयस एयरले ७ रन जोड्दा पृथ्वी श ९ रनमा आउट भए । मार्कुस स्टोनिस १० र ऋषब पन्त ८ रनमा अविजित रहे ।
    तर, सन्दीप भने प्लेइङ सेटमा परेनन् । सन्दीप लगातार १४ औं खेलमा बेन्चमा सिमित भएका हुन् ।

    बैंगलोरका शाहबाज अहमेदले २ विकेट लिए । वासिङ्गटन सुन्दर र मोहमद सिराजले १र१ विकेट लिए ।यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।

    बैंगलोरका लागि देबदुत पडीकलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ४ चौका प्रहार गरे ।एबी डी भिलियर्स ३५ रन जोड्दा कप्तान विराट कोहलीले २९ रन बनाए ।यस्तै शिबम दुबेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोडे ।

    दिल्लीका एनरिच नोर्टजेले ३ विकेट लिए । कागिसो राबडाले २ तथा रविचन्द्र आश्विनले १ विकेट लिए ।

     


    मंगलवार, कार्तिक १८ २०७७०७:०८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij