Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली

डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली

  • बिहिवार, आषाढ १३ २०८१

  • 876
    SHARES

  • डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली
    काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंङ्गु नियन्त्रण अभियान सुरु गरेको छ । महानगरको स्वास्थ्य विभागले डेंङ्गु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्न अभियानको लागि ६२२ जनाको टोली परिचालन गरेको हो ।
     
    क्लोरिन पाउडर छर्ने, लार्भा नष्ट गर्ने र रोगबाट बच्न समुदायको सचेतना बढाउने अभियान थालेको डेङ्गु नियन्त्रण अभियानको फोकल पर्सन ऋषि भुषालले जानकारी दिनुभयो ।
     
    उहाँका अनुसार उक्त अभियानमा ६४ जना स्वास्थ्यकर्मी र ५५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ भने ९ असारबाट सबै वडाका कार्यक्रम सञ्चालन गरिनेछ ।
     
    यस्तै सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानले गरिरहेको छ ।
     
    यस्तै रोगको लक्षण देखिएका बिरामीहरूको परीक्षण, औषधोपचारका लागि स्वास्थ्य प्रवर्धन केन्द्रमा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
     
    डेङ्गु रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
     
    स्वास्थ्य प्रवर्धन केन्द्रहरूमा डेङ्गु  रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।


    बिहिवार, आषाढ १३ २०८१०२:४४:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij