Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पिउने पानीको मूल्यवृद्धि : बजार अनुगमनपछि संसदीय समितिले विस्तृत अध्ययन गर्ने

पिउने पानीको मूल्यवृद्धि : बजार अनुगमनपछि संसदीय समितिले विस्तृत अध्ययन गर्ने

  • मंगलवार, कार्तिक १८ २०७७

  • 1.4K
    SHARES

  • पिउने पानीको मूल्यवृद्धि : बजार अनुगमनपछि संसदीय समितिले विस्तृत अध्ययन गर्ने

    काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हवाला दिँदै व्यापारीले पिउने पानीको मूल्यवृद्धि गरेको विषयमा संसदीय समितिले आफैं बजार अनुगमन गरेर विस्तृत अध्ययन गर्ने भएको छ ।

    संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको संयुक्त टोली बनाएर बुधबारबाट पानी उद्योगको अनुगमन सुरु गर्ने तयारी गरेको हो ।

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यका अनुसार व्यापारीले पानीको आफूखुसी मूल्य बढाएको र गुणस्तरका विषयमा समेत अनुगमन गर्नेछ । केही समयअघि पानी उद्योगीहरुले जार र बोतलको पानीमा मूल्य बढाउन व्यापारीहरुलाई पठाएको गोप्य पत्र विभागले बजारबाटै बरामद गरेको थियो ।

     


    मंगलवार, कार्तिक १८ २०७७०४:५८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij