Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिकामा आज राष्ट्रपतीय निर्वाचन हुँदै

अमेरिकामा आज राष्ट्रपतीय निर्वाचन हुँदै

  • मंगलवार, कार्तिक १८ २०७७

  • 1.7K
    SHARES

  • अमेरिकामा आज राष्ट्रपतीय निर्वाचन  हुँदै

    एजेन्सी । अमेरिकामा राष्ट्रपतीय निर्वाचन आज आज हुँदै छ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।

    ७४ वर्षीय ट्रम्प दोस्रोपटक तथा ७४ वर्षकै बाइडेन पहिलोपटक राष्ट्रपति हुने आकांक्षा राखेका छन् । दुवैमध्ये जो निर्वाचित भए पनि अमेरिकाको भविष्य बुढा नेताकै काँधमा पर्ने देखिएको विशलेषण भइरहेको छ ।

    ट्रम्प वर्तमान राष्ट्रपति हुन भने अर्का उम्मेदवार बाइडेन बाराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति थिए ।

    कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक बेहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन् महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ ।

    आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना नहुने विश्लेषकहरुको दाबी छ ।

    सन् १९१८ मा देखापरेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीन रूपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषय समेत यसै निर्वाचनसँग जोडिएको छ ।


    मंगलवार, कार्तिक १८ २०७७०६:२८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij