Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश

फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश

  • आइतवार, आषाढ २३ २०८१

  • 855
    SHARES

  • फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ बुझाइएको छ । महान्यायाधिवक्ता डा. दीनमाणी पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको सो प्रतिवेदन आज सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो ।
     
    प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले कानुनको सुधारका लागि कार्यदल गठन गरिएको स्मरण गर्दै प्राप्त सुझावलाई सरकारले गम्भीर रूपमा लिएर अगाडि बढाउने बताउनुभयो ।
     
    प्रतिवेदनमा मुलुकी अपराध संहिता, २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४  र फौजदारी कसुर सजाएँ निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ लगायत विभिन्न विषय फौजदारी कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सुझाव दिइएको छ ।
     
    महान्यायाधिवक्ता पोखरलेले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर फौजदारी, कार्यविधि, दण्ड सजाय र संस्थागत सुधारका विषयमा कार्यदलले प्रतिवेदन तयार पारेको र यसले नीतिगत सुधारमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । विसं २०८० माघ १८ गते कार्यदल गठन गरिएको थियो । 
     


    आइतवार, आषाढ २३ २०८१०५:२७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij