काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको हो ।
‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११ः०० बस्ने गरी स्थगित भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।