Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाढी पहिरो पीडित नागरिकको जीवन सहज बनाउन सरकारलाई कांग्रेसको आग्रह

बाढी पहिरो पीडित नागरिकको जीवन सहज बनाउन सरकारलाई कांग्रेसको आग्रह

कार्यकर्ताहरूलाई राहत र उद्धारमा खट्न निर्देशन
  • बुधवार, आषाढ २६ २०८१

  • 995
    SHARES

  • बाढी पहिरो पीडित नागरिकको जीवन सहज बनाउन सरकारलाई कांग्रेसको आग्रह
    काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह  गरेको छ ।
     
    बुधबार कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गरेका हुन् ।
     
    विज्ञप्तिमा भनिएको छ, ‘ प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीन वटै तहका सरकारहरूले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्न नेपाली कांग्रेस आग्रह गर्दछ । सम्पर्क विहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ ।’
     
    यस्तै प्रभावित जिल्लाका नेपाली कांग्रेस र भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण साङ्गठनिक संरचनालाई परिचालन गरी राहत र उद्धारमा खट्न कांग्रेसले अपिल गरेको छ ।
    Asar-26-Flood-release.jpg


    बुधवार, आषाढ २६ २०८१०२:५५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij