Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा

जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा

  • बुधवार, आषाढ २६ २०८१

  • 1.6K
    SHARES

  • जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा

    काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सात जना नेतालाई तीन महिना निलम्बनको कारबाही गरेको छ । असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै उक्त निर्णय गरेको सो पार्टीले जनाएको छ ।

    निलम्बनमा पर्नेहरुमा विशेश्वरप्रसाद (वीपी)साह राष्ट्रिय सचिव, रामेश्वर यादव केन्द्रीय सदस्य, कृष्णचन्द्र साह मिर्चैया नगरपालिका सचिव, अरविन्द सहनी पुर्वजिल्ला अध्यक्ष, धिरज कामती साधारण सदस्य, अनिता कुमारी यादव वडा प्रत्याशी र दिपनारायण यादव पूर्व नगरपालिका सचिव रहेको सो पार्टीका अनुशासन विभाग समितिका सचिव अनिताकुमारी मण्डलले जनाउनुभएको छ । उनीहरूको निलम्बन असार २६ गतेदेखि लागु हुनेछ ।

    j_jfd5oeLz78.jpg


    बुधवार, आषाढ २६ २०८१०५:१०:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij