काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न एमाले कांग्रेस गठबन्धन बनेको बताउनुभयो । शुक्रवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिने अवसरमा बोल्दै एमाले र कांग्रेसको सहमतिको ठोस आधार रहेको बताउनुभयो ।
सो सहमतिले मुलुकलाई ठिक ढङ्गले अगाडि लैजान सकिन्छ भन्ने व्यवहारिक र सैद्धान्तिक आधार रहेको बताउनुभयो, सरकारलाई स्थिर बनाउन सकिने बताउनुभयो । १८ महिनामा प्रधानमन्त्रीले ६ पटक विश्वासको मत लिनु सरकार स्थिर हुनु हो त भन्दै प्रश्न गर्नुभयो ।
आउँदा दिनमा एउटा प्रधानमन्त्रीले ३ महिनामा विश्वासको मत लिने अवस्था नहोस् भनेर सहमति भएको बताउँदै लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कांग्रेस एमालेबीच गठबन्धन बनेको उल्लेख गर्नुभयो । कानुन बमोजिम सुशासन कायम गर्न र विकासका काम गर्न सहमति भएको उहाँको भनाई थियो ।