काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको छ ।
नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे बुधबार नेपाल आइपुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई आज सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । नेपाली सेना र भारतीय सेनाबीच एक अर्काका देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ ।
नरवणेले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नेछन् । भारतीय सेनाप्रमुख नरवणेले बुधबार पशुपतिनाथ दर्शन तथा वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेका थिए ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी नेपाल आएका हुन् ।