Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाइडेनले पाए अमेरिकी इतिहासकै सबैभन्दा धेरै मत

बाइडेनले पाए अमेरिकी इतिहासकै सबैभन्दा धेरै मत

  • बिहिवार, कार्तिक २० २०७७

  • 2.1K
    SHARES

  • बाइडेनले पाए अमेरिकी इतिहासकै सबैभन्दा धेरै मत

    एजेन्सी । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अमेरिकी राष्ट्रपति निर्वाचनकै इतिहासमा सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् । उनले सन् २००८ मा बाराक ओबामाले प्राप्त गरेको मतलाई पनि उछिनेका छन् ।

    त्यतिबेला ओबामाले ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत प्राप्त गरेका थिए । यस पटक बाइडेनले ७ करोड २० लाख (५०.४ प्रतिशत)भन्दा बढी मत प्राप्त गरेका छन् ।

    केही राज्यमा मतगणना नसकिएकाले बाइडेनको मत अझ बढ्नेछ । उनले अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा जितेका छन् ।

    अहिलेसम्म डेमोक्रेटिक उम्मेदवार बाइडेन २६४ इलेक्टोरल भोटसहित अगाडि रहेका छन् । ट्रम्प भने २१४ इलेक्टोरल भोटसहित बाइडेनलाई टक्कर दिइरहेका छन्

     


    बिहिवार, कार्तिक २० २०७७०३:४७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij