Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी र गिरिबन्धुले सरकारको परिक्षण गर्नेछ : गगन थापा

नक्कली भुटानी शरणार्थी र गिरिबन्धुले सरकारको परिक्षण गर्नेछ : गगन थापा

  • सोमवार, श्रावण १४ २०८१

  • 1.7K
    SHARES

  • नक्कली भुटानी शरणार्थी र गिरिबन्धुले सरकारको परिक्षण गर्नेछ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनभन्दा माथि कोही पनि नभएको बताउनुभएको छ ।

    दक्षिण कोरियामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले कानूनभन्दा माथि राष्ट्रपति र प्रधानमन्त्री पनि नभएकाले गिरीबन्धु र भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छानबिन हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘हामीहरुकोमा कोही सत्तामा भएको कारणले शक्तिशाली भएको हुन्छ, कोही पार्टीको नेता भएको कारणले, कोही भीडको कारणले शक्तिशाली हुन्छन् । हामीले अहिले उठाउनुपर्ने भुटानी शरणार्थी र गिरीबन्धुको कुरा मात्रै होइन । हामी संसद्मा छौं, ढुक्क रहनुस् । नेपालमा जतिसुकै शक्तिशाली होस्, चाहे सरकारमा बसेको कारणले होस् या पार्टीको नेता भएको कारणले होस् वा सामाजिक सञ्जालमा आउने भीडले भगवान भन्दिने कारणले होस्, जोसुकै होस्, शक्तिमा बसेको मान्छेले गल्ती गर्दा छुट पाउँछ भने त्यो लोकतन्त्र होइन ।’

    कांग्रेस महामन्त्री थापाले कांग्रेस, एमाले, प्रधानमन्त्री पूर्वप्रधानमन्त्री जोसुकैसँग जोडिएको प्रकरण भए पनि कानून अनुसार छानबिन हुनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘अब कोही पनि मान्छे सरकारमा भएको र भीडको कारणले कुनै पनि खालको उन्मुक्ति पाउँदैन । उसकै पार्टीबाट पनि प्रश्न उठ्छ, त्यो संसदमा पनि देख्नुहुन्छ । कुनै छुट हुँदैन । सरकारको परीक्षण पनि यही कुरामा हुन्छ ।’


    सोमवार, श्रावण १४ २०८१०४:५८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij