Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यसकारण बोलाए प्रचण्डले सचिवालय बैठक

यसकारण बोलाए प्रचण्डले सचिवालय बैठक

  • शुक्रवार, कार्तिक २१ २०७७

  • 1.2K
    SHARES

  • यसकारण बोलाए प्रचण्डले सचिवालय बैठक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय सदस्यहरुसँग आज धुम्बाराहीमा छलफल गर्ने हुनुभएको छ ।

    प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलबारे ‘ब्रिफिङ’ गर्न आज सचिवालयका आफ्ना समूहका सदस्यहरुँंग छलफल गर्न लाग्नुभएको हो ।

    प्रचण्डले उनीहरुलाई आज दिउँसोका लागि पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि डाकेको जानकारी आफूलाई दिएको नेकपा नेता सुवास नेम्वाङले बताउनुभयो ।

    नेम्वाङ केहीबेर अघि प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको थियो । नेम्वाङले प्रचण्डलाई ‘तपाईँले हिजो (बिहीबार) अबदेखि वार्ताका लागि बालुवाटार छिर्दिनँ भन्नु भएको थियो र ? भन्दै प्रश्न गर्नुभएको थियो ।

    जवाफमा प्रचण्डले आफूले त्यस्तो नभनेको बताएको नेम्वाङले जानकारी दिनुभयो ।

    यस्तै, नेम्वाङले छुट्टाछुट्टै भेला र बैठक बेठिक भएको र पछिल्लो स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्दै एकतावद्ध हुनुको विकल्प नभएको भन्दै प्रचण्डलाई मनाउने कोसिस गरेको बताउनुभयो ।

    जवाफमा अध्यक्ष प्रचण्डले पार्टीलाई एक बनाउनुको विकल्प नभएको तर केही समस्या देखिएकाले त्यो समाधानका लागि समय लाग्न सक्ने बताउनुभएको थियो ।

    ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा भएको छलफलमा भनाभन भएको बताइएको छ ।

    यता नेता भीम रावलले भने पार्टीमा देखिएको विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलिरहेको भूमिकाको आलोचना गर्नुभएको छ ।
    सामाजिक सञ्जाल ट्विटरमा उहाँले नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै सक्रिय हुनु भनेको राष्ट्रपति पदको मर्यादा उलंघन र स्थापित प्रणालीको अवज्ञा ठहरिने बताउनुभयो ।

    हालै राष्ट्रपति भण्डारीले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादल र पार्टी उपाध्यक्ष वामदेव गौतमलाई शीतल निवास बोलाएर नेकपाको विवाद समाधानमा भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।

     


    शुक्रवार, कार्तिक २१ २०७७१२:३७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij