Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा माओवादी भित्र चरम असन्तुष्टि बढ्दै, अध्यक्ष प्रचण्डमाथि आलोचनात्मक टिप्पणी खारिँदै (खास खबर)

नेकपा माओवादी भित्र चरम असन्तुष्टि बढ्दै, अध्यक्ष प्रचण्डमाथि आलोचनात्मक टिप्पणी खारिँदै (खास खबर)

  • आइतवार, श्रावण २७ २०८१

  • 825
    SHARES

  • नेकपा माओवादी भित्र चरम असन्तुष्टि बढ्दै, अध्यक्ष प्रचण्डमाथि आलोचनात्मक टिप्पणी खारिँदै (खास खबर)

    काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोज्ने प्रयास निरन्तर जारी रहेको छ । लामो समय पार्टीलाई आफ्नै वरिपरि डुलाउन सफल प्रचण्डका विरुद्ध बिस्तारै आवाजहरू उठ्न थालेका छन् । पार्टीका उपमहासचिव जनार्दन शर्माले सत्ताको नेतृत्व गर्ने तर पार्टी नेतृत्व प्रचण्डले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने, प्रचण्ड प्राधिकार र अरू पदाधिकारी सल्लाहकार भएर तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने वा हालको केन्द्रीय कमिटी भंग गरी प्रचण्ड नेतृत्वमै महाधिवेशन गरेर प्रत्यक्ष निर्वाचन गर्ने तीनवटा विकल्प प्रस्तुत गर्नुभएको छ । यता, राजनीति विश्लेषक प्राडा प्रेम शर्माले लामो समयसम्म निसास्सिएका आवाज बिस्तारै खुल्दै जाने बताउनुभयो । 
     
    पार्टीको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले प्रचण्ड निवास खुमलटारबाटै आफूबिरुद्ध पार्टी छाड्दैछ, फुटाउँदै छ जस्ता हल्ला चलाइएको समेत आरोप लगाउनुभएको छ । बैठकमा शर्माले लिखित मत राख्दै खुमलटारबाट फलानो एमालेमा जाँदै छ भनेर शुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइएको दाबी गर्नुभएको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि बालुवाटारबाटै यस्ता हल्ला चलाइएको उहाँको तर्क छ । शर्माले प्रचण्ड सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन तथा कहिले वर्षमान पुनविरुद्ध दुष्प्रचार गरिएको आरोप समेत लगाउनुभएको छ । माओवादी केन्द्रीय सदस्य रञ्जित तामाङले बैठकमा उठेका आलोचनालाई सकारात्मक रुपमा लिएर कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।  

    शर्माले नेतृत्व तहबाटै समानान्तर कमिटीहरू सञ्चालन गरिएको प्रश्न गरेकै कारण कार्यक्षेत्रबाट बेदखल गरिएको समेत आरोप लगाउनुभएको छ । शर्मा माओवादीभित्र फरक विचार राख्न सक्ने नेताका रुपमा परिचित छन् । कतिपय नेताहरू प्रचण्डका अगाडि बोल्न नसकिरहेका बेला शर्माले पटकपटक खबरदारी गर्दै आएका छन् । पछिल्लो समय प्रचण्ड निवासबाटै पार्टी संगठन सञ्चालनमा समानान्तर गतिविधि बढ्दै गएपछि स्थायी कमिटी सदस्य खगराज भट्टले पनि आलोचना गरेका थिए । प्रचण्ड परिवार र आफन्त निकट बन्दै गएपछि आलोचनाले सीमा पार गरेको छ । 

     


    आइतवार, श्रावण २७ २०८१०८:१९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij