काठमाडौं । भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । तीन दिने नेपाल भ्रमणका क्रममा आज नरवणेले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
भारतीय सेना प्रमुख नरवणे महारथी मनार्थ उपाधिका लागि नेपाल आएका भए पनि यसपटकको भ्रमणलाई सबैले चासोपूर्वक हेरिएको छ । दुई देशको सीमा विवाद चलिरहेको बेला भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणप्रति सबैको चासो बढेको छ ।
बुधबार नेपाल आएका नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मानार्थ महारथीको उपाधि ग्रहण गरेका थिए । उनले नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापासँग भेट गरेका छन् । उपाधि ग्रहणपछि राष्ट्रपति भण्डारीसँगको भेटघाटमा दुई देशको सम्बन्धको बारेमा चिन्ता व्यक्त भएको थियो ।
नरवरणले आजै नेपाली सेनाको हेलिकप्टर चढेर सोलुखुम्बु पुगेर सगरमाथाको अवलोकन गरेका थिए । नरवणे आज ५बजे विशेष विमानबाट भारत फर्किनेछन् ।