Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

पेनाल्टी सुटआउटमा भुटानलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा

पेनाल्टी सुटआउटमा भुटानलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा

  • आइतवार, भाद्र ९ २०८१

  • 671
    SHARES

  • पेनाल्टी सुटआउटमा भुटानलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा

    काठमाडौं । घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको छ ।  

    नेपालको जितका लागि गोलकिपर जियारेथ शेखले शानदार प्रदर्शन गरे । उनले दोस्रो र तेस्रो प्रहार लगातार रोकेका थिए भने नेपालको चौथो प्रहार आफैंले गर्दै गोल गरे। जियारेथअघि नेपालले सुरुका तीनवटै प्रहारमा गोल गरेको थियो ।

    दोस्रो हाफमा कुशल देउवालाई सब्स्टिच्युट गरिएपछि कप्तानीको जिम्मा गोलकिपर शेखले पाएका थिए । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । एन्फा कम्प्लेक्समा भएको खेलमा सुरुवाती अग्रता भुटानले लिएको थियो ।

    भुटानका जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका थिए । उनले डी बक्सबाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो । ७८ औँ मिनेटमा नेपालका नीराजन धामीले गोल गरे। उनले एयर बलमा डीबक्सभित्रबाट हेडमार्फत गोल गरेका थिए । 

    अब भोलि हुने भारत र बंगलादेशबीचको खेलको विजेतासँग नेपालले उपाधि भिडन्त गर्नेछ ।


    आइतवार, भाद्र ९ २०८१०५:२५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij