Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डसहित पाँच सचिवालय सदस्य पुगे ओलीलाई भेट्न बालुवाटार

प्रचण्डसहित पाँच सचिवालय सदस्य पुगे ओलीलाई भेट्न बालुवाटार

  • शनिवार, कार्तिक २२ २०७७

  • 1.4K
    SHARES

  • प्रचण्डसहित पाँच सचिवालय सदस्य पुगे ओलीलाई भेट्न बालुवाटार

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पाँच सचिवालय सदस्य अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

    पार्टीभित्र विवाद बढ्दै जाँदा सचिवालयका पाँच नेताबीचको शुक्रबार बसेको अनौपचारिक बैठकले बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने र त्यसका लागि उहाँलाई भेट्न जाने निर्णय गरेको थियो ।

    नेताहरु पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर बालुवाटार गएका हुन् । सचिवालयका ५ नेतामा प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहेका छन् ।


    शनिवार, कार्तिक २२ २०७७१२:३८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij