Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बुधबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यो

  • बुधवार, आषाढ १७ २०७७

  • 994
    SHARES

  • बुधबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढ्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीकै भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम छ ।

    महासंघका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला पाँच सय रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । हिजो भने प्रतितोला सय रुपैयाँ घटदै छापावाल सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै आज भने तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने तेजाबी सुन ९० हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको थियो । यसको मतलब तेजाबी सुन पनि प्रतितोला पाँच सय रुपैयाँले नै बढेको हो ।

    यस्तै महासंघका अनुसार चाँदीमा पनि प्रतितोला १५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । हिजो (मंगलबार) प्रतितोला ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रतितोला ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।


    बुधवार, आषाढ १७ २०७७१२:२५:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij