Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न पूर्वसभामुखहरुको आग्रह

संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न पूर्वसभामुखहरुको आग्रह

  • शनिवार, कार्तिक २२ २०७७

  • 1.0K
    SHARES

  • संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न पूर्वसभामुखहरुको आग्रह

    काठमाडौं । पूर्वसभामुखहरुले संघीय संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् ।

    संक्रमणकालीन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डो¥याउन पनि संसद्को आवश्यकता रहने भएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्वसभामुखहरुले आग्रह गरेका हुन् ।

    संसद्को आवश्यकता लोकतन्त्रमा महत्त्वपूर्ण रहेको भन्दै तत्काल अधिवेशन आह्वान गर्नुपर्ने उनीहरुको भनाइ छ । उनीहरुले लामो समय संसद् बन्द हुँदा सरकार अराजक बन्ने खतरा हुने भएकाले तिहारलगत्तै अधिवेशन आह्वान हुनुपर्ने सुझाएका छन् ।

    पूर्वसभामुख ओनसरी घर्तीले तिहारपछि अनिवार्य रुपमा संसद् चलाउनुपर्ने बताउनुभएको छ । संविधानअनुसार ६ महिनाभन्दा बढी समय संसद् बन्द गर्न नहुने स्मरण गराउँदै उहाँले अहिलेको अवस्थामा जनप्रतिनिधिहरुले जनताका कुरा राख्न पनि संसद् अनिवार्य रहेको बतानुभएको छ ।

    यस्तै पूर्वसभामुख रामचन्द्र पौडेलले राज्यलाई सञ्चालन गर्ने र सरकारलाई बाटो देखाउने भएकाले संसद् अधिवेशन सुरु गर्नु अनिवार्य भएको बताउनुभएको छ । सरकारले संसद्को अधिवेशन बन्द गर्दा कतिपय तत्काल बन्नुपर्ने ऐन, कानुनहरु अलपत्र परेको उहाँले बताउनुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि आकस्मिक रुपमा संसद्को अधिवेशन अन्त्य गरेको उल्लेख गर्दै पूर्वसभामुख पौडेलले सत्तारुढ दलले एकाधिकार लाद्न खोजको दृष्टान्त रहेको बताए । तिहार–छठलगत्तै अधिवेशन सुरु गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

     


    शनिवार, कार्तिक २२ २०७७०३:२८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij