Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन माग

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन माग

  • मंगलवार, भाद्र १८ २०८१

  • 786
    SHARES

  • शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन माग

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रलाई तत्काल जग्गा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

    प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका लिङ्देनले प्रत्यारोपण केन्द्रले निकै राम्रो काम गरिरहेको बताउनुभयो ।

    सरकारले जग्गा उपलब्ध गराउने हो भने ६ महिनामा ३०० बेडको संरचना बनाउने र अहिले दिइराखेको सेवामा उल्लेख्य वृद्धि हुने केन्द्रको दाबी रहेको उहाँले सुनाउनुभयो ।

    त्यही नजिकै जग्गा छ भक्तपुर इँटा टायल कारखानाको जग्गा समेत रहेको भन्दै लिङ्देनले भन्नुभयो, ‘यो संवेदना सबैभन्दा बढी प्रधानमन्त्रीमा हुनुपर्छ । किनकी उहाँ अंग प्रत्यारोपण गरेको व्यक्ति हुनुहुन्छ । अरुको संवेदनालाई बुझेर कुनै तर्क नगरी प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराउन आग्रह गर्दैछु ।’

     


    मंगलवार, भाद्र १८ २०८१०३:४४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij