Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

पलेशालाई नेपालमा भव्य स्वागत र काठमाडौं महानगरको सम्मान

पलेशालाई नेपालमा भव्य स्वागत र काठमाडौं महानगरको सम्मान

  • बुधवार, भाद्र १९ २०८१

  • 617
    SHARES

  • पलेशालाई नेपालमा भव्य स्वागत र काठमाडौं महानगरको सम्मान

    काठमाडौं । पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

    बुधवार स्वदेश फर्केकी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामालाई महानगरले सम्मान गरेको हो । महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेका थिए । पलेशाले ५ लाख र प्रशिक्षक लामाले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

    त्यसअघि पलेशालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, खेलाडी, प्रशिक्षक, खेलप्रतिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

    त्यसपछि पलेशाको सम्मानमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्राङ्गणमा पुगेर र्याली टुंगिएको थियो । पेरिस पारालिम्पिक्स गत साता पारा तेक्वान्दो खेलाडी पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी हुन् ।

    पलेशाले पारा एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् । पारालिम्पिक्स, एसियाली खेलकुदमा पदक जित्ने पलेशा एकमात्र नेपाली खेलाडी हुन् । काठमाडौं महानगरपालिकाले गत महिना काभा महिला भलिबल नेसन्स लिगको‌ रजत पदक विजेता नेपाली भलिबल टोलीलाई पनि नगदसहित सम्मान गरेको थियो ।

     


    बुधवार, भाद्र १९ २०८१०१:४९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij