Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगिना वैद्यद्वारा राजीनामा

वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगिना वैद्यद्वारा राजीनामा

  • आइतवार, भाद्र २३ २०८१

  • 509
    SHARES

  • वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगिना वैद्यद्वारा राजीनामा

    काठमाडौं। वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगिना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकबाट राजीनामा दिएकी छिन्।

    वैद्यले आइतबार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन्। दुई वर्षअघि उपनिर्देशक नियुक्त भएकी वैद्यले तालिम विभागमा हालै भएको निर्देशक नियुक्तीमा असन्तुष्टी जनाएर राजिनामा दिएकी हुन्।

    राखेपले तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा कराँतेका वरिष्ठ प्रशिक्षक सोभितराज प्रसाईलाई नियुक्त गरेको थियो। उपनिर्देशक हुँदाहुँदै बाहिरबाट ल्याएर निर्देशक बनाइएको र सिनियरलाई अन्याय गरिएको वैद्यले गुनासो गरिन्।


    आइतवार, भाद्र २३ २०८१०४:५४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij