Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलको राजीनामा

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलको राजीनामा

  • सोमवार, भाद्र २४ २०८१

  • 575
    SHARES

  • नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलको राजीनामा

    काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले राजीनामा दिनुभएको छ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित प्राय भएपछि पोखरेलले राजनीनामा दिनुभएको हो ।

    पत्रकार महासघको आइतबार केन्द्रीय समितिको बैठक थियो । बैठकमा मतदाताको अन्तिम नामवली सार्वजनिक गर्नुपर्ने अडान केन्द्रीय अध्यक्षले राखेपनि विवाद हल भएपछि मात्रै नामवली सार्वजनिक गर्नुपर्ने अन्य सदस्यहरुले भनेका थिए ।

    नामवली सार्वजनिक गर्न नसकेपछि अब असोज ५ का लागि तय गरिएको अधिवेशन हुन नसक्ने स्थिति बनेको छ । यसैका कारण अध्यक्ष पोखरेलको राजीनामा आएको दाबी छ ।

    पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रको अवधि चैतमा नै सकिएको हो । महासंघ केन्द्रले असोज ५ लाई नयाँ निर्वाचनको मिति तोकिएको थियो । असोज ५ सहित हालसम्म तीन पटक निर्वाचनको मिति तोकिसकिएको छ ।


    सोमवार, भाद्र २४ २०८१०४:३४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij