Oct 30 2026 | २०८३, कार्तिक १४ गते

२०८३, कार्तिक १४ गते
  • यो साता चर्चामा :
images

दसैँका लागि असोज १३ गतेदेखि​ सुकिला नोट साट्न सकिने

दसैँका लागि असोज १३ गतेदेखि​ सुकिला नोट साट्न सकिने

  • बुधवार, भाद्र २६ २०८१

  • 810
    SHARES

  • दसैँका लागि असोज १३ गतेदेखि​ सुकिला नोट साट्न सकिने
    काठमाडौं । दसैँका लागि १३ असोजदेखि सुकिला नोट साट्न पाइने भएको छ। १३ असोजदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।
     
    यसपटक दसैँमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले बताउनुभयो। १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो।
     
    सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन्। ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन्। नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो। यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो। एकपटक प्रयोगमा आएका भए पनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेलले बताउनुभएको छ।
    458240128_1873646233124775_5453705202198698425_n_6LOfvF0KvA.jpg


    बुधवार, भाद्र २६ २०८१०३:५६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij