काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।
पार्टीभित्र देखिएको विवादको हल खोज्न ओलीले नेपालसहितका चार नेता भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लाई बालुवाटार बोलाउनुभएको हो ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद बढेपछि ओलीले आन्तरिक छलफललाई तिव्रता दिनुभएको छ ।
नेता नेपाललाई यसअघि पनि ओलीले कात्तिक ४ र ११ गते बालुवाटारमा बोलाएर निकासका लागि पहल गरेका थिए ।
पार्टीमा अब नेतृत्व लिनेगरी अघि बढ्न पनि नेपाललाई ओलीले आग्रह गर्दै आएका छन् भने सार्वजनिकरुपमा अब नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।