काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस हुनुभएको छ। आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उहाँलाई छनोट गरेको हो ।
संसदीय सुनुवाई समितिबाट अनुमोदित भएमा राउतले आगामी २०८२ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुहुनेछ । राउत २०१७ चैत ६ मा उदयपुरमा जन्मिनुभएको हो । प्रधानन्याधीश र सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष रहेकाले उहाँले आगामी २०८१ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने मौका पाउनुहुनेछ ।
राउत २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गर्नुभएको छ ।
उहाँले २०४० सालदेखि २०७३ सालसम्म गरेर करिव ३३ वर्ष सर्वोच्च अदालतमा अधिवक्ता र वरिष्ठ अधिवक्ताको रूपमा काम गर्नुभएको छ ।