Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन चैतमा

राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन चैतमा

  • आइतवार, कार्तिक २३ २०७७

  • 1.7K
    SHARES

  • राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन चैतमा

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्नो चौथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म काठमाडौंमा गर्ने भएको छ । बुटवलमा बसेको पार्टीको बैठकले कोरोना भाइरस महामारीको समयमा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सम्मेलन गर्ने निर्णय गरेको हो ।

    राजमोको तेस्रो सम्मेलनबाट निर्वाचित नेतृत्वको समयावधि २०७७ फागुनमा पूरा हुँदैछ । बैठकले जिल्ला र प्रदेश समितिबाट सम्मेलनमा भाग लिन जाने प्रतिनिधिको संख्या पनि किटान गरेको छ ।

    राजमोले मंसिर १४ गते संघीयताविरुद्ध र कोरोना महामारी नियन्त्रणमा सरकारको व्यवहारलाई लिएर देशब्यापी विरोध कार्यक्रम गर्ने निर्णय पनि गरेको महासचिव जनकराज शर्माले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

    संघीयताले मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमिकतालाई कमजोर पार्दै लगेको र क्षेत्रीय द्वन्द्वलाई बढावा दिएको राजमोले निश्कर्ष निकालेको छ ।

     


    आइतवार, कार्तिक २३ २०७७०३:३५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij