Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

क्यानडासँग नेपाल पराजित

क्यानडासँग नेपाल पराजित

  • मंगलवार, आश्विन १ २०८१

  • 727
    SHARES

  • क्यानडासँग नेपाल पराजित

    काठमाडौं । ब्याटिङ चल्न नसक्दा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । 

    सोमबार राति क्यानडाको किंग सिटीमा भएको खेलमा नेपाललाई घरेलु टिम क्यानडाले १०३ रनले पराजित गरेको हो । खेलमा क्यानडाले प्रस्तुत गरेको २५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४०.१ ओभरमा १५० रनमै समेटियो ।

    क्यानडाविरुद्ध नेपालका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन । नेपाली टिमको स्कोरबोर्डमा करण केसीले सर्वाधिक २७ रन थपे । सन्दीप लामिछानेले २२, आसिफ सेखले २०, भीम सार्कीले १८ र गुल्सन झो १५ रन थपे । यस्तै, कुशल मल्लले १२ रन थपे ।

    जितसँगै नौ खेलबाट १० अंक जोडेको क्यानडा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेल्दा दुई अंकमात्र जोडेको नेपाल तालिकाको सातौँ स्थानमा छ ।


    मंगलवार, आश्विन १ २०८१०७:४०:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij