Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

माल्दिभ्समा पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

माल्दिभ्समा पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

  • आइतवार, आश्विन ६ २०८१

  • 804
    SHARES

  • माल्दिभ्समा पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

    काठमाडौं। माल्दिभ्समा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।

    गएराति भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस च्याम्पियन बनेको हो ।

    पुलिसले हुमोलाई २५–१६, २५–२२ र २५–२३ ले पराजित गर्दै उपाधि जितेको हो । यसअघि पुलिसले समूह चरणमा लगातार पाँच खेल जितेको थियो ।

    पुलिस क्लबले नेपालको च्याम्पियन क्लबको हैसियतमा प्रतियोगितामा भाग लिएको हो । प्रतियोगितामा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, श्रीलङ्का, ताजकिस्तान र कीर्गिस्तानका क्लबको सहभागिता थियो ।


    आइतवार, आश्विन ६ २०८१०६:४८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij