Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनमत पार्टीद्वारा ४ केन्द्रीय सदस्यसहित ९ जनासँग स्पष्टीकरण माग

जनमत पार्टीद्वारा ४ केन्द्रीय सदस्यसहित ९ जनासँग स्पष्टीकरण माग

  • मंगलवार, आश्विन ८ २०८१

  • 787
    SHARES

  • जनमत पार्टीद्वारा ४ केन्द्रीय सदस्यसहित ९ जनासँग स्पष्टीकरण माग

    काठमाडौं । जनमत पार्टीले ४ केन्द्रीय सदस्यसहित ९ जनासँग स्पष्टीकरण माग गरेको छ ।

    ५ असोजमा महोत्तरीको जलेश्वरमा भएको पार्टीको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा होहल्ला गरी कार्यक्रम बिथोृलेृको र भाँडभैलो गरेको आरोपमा जनमत पार्टीले ९ जनासँग स्पष्टीकरण माग गरेको हो ।

    स्पष्टीकरण मागिएकामा केन्द्रीय सदस्यहरु दीपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुर रहेका छन् ।

    त्यस्तै जलेश्वर नगरपालिका समितिका सचिव सञ्जित यादव र साधारण सदस्यहरु सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहसँग पनि जनमत पार्टीका उपाध्यक्ष तथा अनुशासन समितिका प्रमुख दीपककुमार साहले स्पष्टीकरण माग गर्नुभएको छ ।

    उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी किन कारबाही हुनु नपर्ने हो भन्नेबारे ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।

     


    मंगलवार, आश्विन ८ २०८१०५:१७:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij