Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मलाई पक्राउ गर्न दशैँ कुर्नु पर्दैन : रवि लामिछाने

मलाई पक्राउ गर्न दशैँ कुर्नु पर्दैन : रवि लामिछाने

  • मंगलवार, आश्विन ८ २०८१

  • 1.1K
    SHARES

  • मलाई पक्राउ गर्न दशैँ कुर्नु पर्दैन : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय छानबिन समितिले आफूलाई सहकारी अपचलनमा निर्दोष ठहर गरेको दाबी दोहोर्याएका छन् । गोर्खा मिडियामा आएको रकम खर्च गरेको विषयमा भएको कारवाही सिफारिस आफूलाई मान्य भएको उनको भनाइ छ ।

    आज फेसबुक लाइभमा आएर उनले छानबिन समितिले दिएको प्रतिवेदनबारे आफ्नो दृष्टिकोण राखेका हुन् । आफ्नो कार्यकालमा कुनै पनि गैरकानूनी काम भएको भए त्यसको जिम्मेवारी लिन तयार रहेको उनले बताए ।

    आफूलाई तत्काल पक्राउ नगरे पनि दशैंको बेला काठमाडौं सुनसान हुने बेला पक्राउ गर्न सकिने उनले आशंका व्यक्त गरे ।

    उनले भने, ‘मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन । आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ । तर, छलछाम स्वीकार्य छैन ।’

    विगतमा देशका प्रधानमन्त्रीले नै संसदमा उभिएर आफ्नो मुद्दाबारे स्पष्ट पारेको लामिछानेले बताए ।

     


    मंगलवार, आश्विन ८ २०८१०७:४८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij