Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नेपाल क्यानडासँग पराजित

नेपाल क्यानडासँग पराजित

  • बुधवार, आश्विन १६ २०८१

  • 711
    SHARES

  • नेपाल क्यानडासँग पराजित

    काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपाल घरेलु टोली क्यानडासँग पराजित भएको छ । किंग सिटीमा गएराति भएको खेलमा नेपाल ४ विकेटले पराजित भयो ।

    जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको क्यानडाले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

    क्यानडाका लागि साद विन जाफरले अविजित ३३ रन बनाए । कप्तान निकोलस किर्तनले २६ रन जोडे । नेपालका ललित राजवंशी र सन्दीप लामिछानेले समान २ तथा सोमपाल कामीले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो ।

    राम्रो सुरुवात गरेको नेपालका लागि ओपनर अनिल शाहले सर्वाधिक ४१ रन बनाए । आसिफ शेखले ३० रन जोडे । ९ ओभरमा कुनै पनि विकेट नगुमाई ७० रन बनाएको नेपालले बाँकी ११ ओभरमा ६ विकेट गुमाएर ६९ रन मात्र जोड्न सक्यो । क्यानडाका लागि हर्ष ठाकरले २ तथा डेलिन हेलिगर, अखिल कुमार, प्रविन कुमार र साद विन जाफरले समान एक विकेट लिए ।

    शनिवार भएको श्रृङ्खलाको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई हराएको थियो । नेपालले चौथो तथा अन्तिम खेलमा आज ओमानसँग खेल्दैछ ।


    बुधवार, आश्विन १६ २०८१०८:१०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij