काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ । निकट स्रोतका अनुसार उहाँलाई गिजाको क्यान्सर देखिएको हो ।
राणा उपचारका लागि एक साता अगाडि भारत पुग्नुभएको छ। अहिले मुम्बईको एउटा अस्पतालमा उहाँको उपचार भइरहेको छ । सबै स्वास्थ्यपरीक्षणहरु भइसकेको र आज राति ११ बजे रिपोर्ट आउने जानकारी उहाँ निकट राप्रपा सहमहामन्त्री ऋषि देवकोटाले दिनुभयो ।
डा. राणाको गिजामा ३–४ वर्ष अगाडिदेखि समस्या थियो । नियमित चेकअपका लागि काठमाडौंको एउटा अस्पतालमा जाँदा क्यान्सर देखियो । चिकित्सकले पहिलो स्टेजको क्यान्सर भएको बताएपछि उहाँ भारततर्फ लाग्नुभएको हो ।