Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

  • मंगलवार, आश्विन २९ २०८१

  • 808
    SHARES

  • कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
    काठमाडौं । आगामी कात्तिक २ र ३ गते देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको छ । राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत बालबालिकाहरूलाई औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  जनाएको छ ।
     
    साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । 
     
    थप जानकारीका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले भनेको छ ।
     


    मंगलवार, आश्विन २९ २०८१०४:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij