Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अदालतको ढोकाबाट रविले भने— सरकारले झुटा मुद्दामा फसाउन खोज्यो, न्यायालयप्रति विश्वास छ

अदालतको ढोकाबाट रविले भने— सरकारले झुटा मुद्दामा फसाउन खोज्यो, न्यायालयप्रति विश्वास छ

  • आइतवार, कार्तिक ४ २०८१

  • 814
    SHARES

  • अदालतको ढोकाबाट रविले भने— सरकारले झुटा मुद्दामा फसाउन खोज्यो, न्यायालयप्रति विश्वास छ
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् ।
     
    सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार(आज) प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरूसँगको कुराकानीमा आफूलाई न्यायालयप्रति विश्वास रहेको बताएका हुन् ।
     
    ‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, लामिछानेले भने ।
     
    आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए । उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् ।
     
    सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने ।
     
    उनले प्रधानमन्त्री ओली देशको सबैभन्दा ठुलो ठग भएकोले उनीमाथि अनुसन्धान हुनुपर्ने बताए ।
     


    आइतवार, कार्तिक ४ २०८१०२:२०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij