Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

साफ महिला च्याम्पियनशिपः नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश

साफ महिला च्याम्पियनशिपः नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश

  • बिहिवार, कार्तिक ८ २०८१

  • 644
    SHARES

  • साफ महिला च्याम्पियनशिपः नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश

    काठमाडौं। साफ महिला च्याम्पियनशिप फुटबलमा नेपाल समूह ’बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

    त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलले हरायो । नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सबिता राना मगर, रश्मीकुमारी घिसिङ र अमिशा कार्कीले समान १ गोल गरे ।

    योसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । भुटान समूह ’बी’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो । समूह ’ए’ बाट बङ्गलादेश विजेता बन्दै र भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् ।

    अब सेमिफाइनलमा नेपालले भारतसँग र बङ्गलादेशले भुटानसँग खेल्नेछ । सेमिफाइनल खेल आउँदो आइतवार हुनेछ । साफ महिला च्याम्पियनशिपको फाइनल खेल आउँदो बुधवार हुनेछ ।

     


    बिहिवार, कार्तिक ८ २०८१०७:४९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij